Home देश जनकपुरमा मोदीको पुत्ला जलाउने एक दर्जन पक्राउ

जनकपुरमा मोदीको पुत्ला जलाउने एक दर्जन पक्राउ

by nagariktoday

जनकपुरधाम – नेपाली भूमि मिचेर सडक बनाइएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेतालाई मंगलबार जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय रमानन्द चोकमा मोदीको पुत्ला जलाउने क्रममा मंगलबार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वव्यूका नेताहरुले पुत्ला दहन गर्नै लाग्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विद्यार्थी नेता आनन्द झा, रिक्की यादव, राजन झा, आरपी यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धनुषा लगेको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.