Home देश भारतीय अतिक्रमणविरुद्ध हेटौंडामा प्रदर्शन

भारतीय अतिक्रमणविरुद्ध हेटौंडामा प्रदर्शन

by nagariktoday

हेटौंडा । भारतले नेपाली भूमि मिचेर सडक बनाएको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बुद्ध चौकमा भेला भएर युवाहरुले मंगलबार प्रदर्शन गरेका हुन् । ‘खराब छिमेकी चाहिँदैन, सीमा मिच्न पाइँदैन’, ‘लिपुलेक हाम्रै हो’, ‘ए सरकार भारतीय हस्तक्षेपलाई अन्तराष्ट्रिय करण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

भारतीय अतिक्रमणविरुद्ध देशका बिभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै आएका छन् ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.