Home समाज पेस्तोलसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

पेस्तोलसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

by nagariktoday

सुर्खेत – पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दुरीमा फेला परेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ। जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए ।

प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.