Home कोरोना विषेश एकै दिन ८३ जनामा संक्रमण देखियो, थप २६ जनामा कोरोना पुष्टि

एकै दिन ८३ जनामा संक्रमण देखियो, थप २६ जनामा कोरोना पुष्टि

by nagariktoday

काठमाडौं – मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस अघि विहान मात्रै ५७ जनामा कोरोना पुष्टि भएको थियो । एकै दिन ८३ जनामा कोरोना देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । उनीहरु मध्ये ३४ जना निको भएका छन् ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.