Home कोरोना विषेश चिनियाँ सेनाको विमानमार्फत नेपाल आएपुग्यो मेडिकल सामग्री

चिनियाँ सेनाको विमानमार्फत नेपाल आएपुग्यो मेडिकल सामग्री

by nagariktoday

काठमाडौं – चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।

मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।

यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’

सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त गर्यो भन्ने खुलाइएको छैन । यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.