Home अपराध इटहरीमा ९ जनाले १७ वर्षीया किशोरीलाई गरे सामुहिक बलात्कार

इटहरीमा ९ जनाले १७ वर्षीया किशोरीलाई गरे सामुहिक बलात्कार

by nagariktoday

इटहरी – इटहरी सिमरबना घुम्न जाँउ भन्दै १७ वर्षीया किशोरीलाई ९ जनाले गरे बलात्कार गरेका छन् । इटहरी ११ स्थित सिमरबनामा एक १७ बर्षिय किशोरीलाई ९ जना युवाहरुले सामुहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । आफुलाई गत १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक एकान्त बगौचामा घारीमा युवाहरुले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । बलात्कार स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन । २ जनालाइ पक्राउ गरिसकेको र बाँकी ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

श्रोत : पूर्बेली न्यूज

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.