Home दुर्घटना रुसको कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

रुसको कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

by nagariktoday

काठमाडौं – रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको छ ।

रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ ।

अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन ।

आगलागीको ठोस कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ । रुसको समाचार एजेन्सीले भने भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ ।

यसअघि गत शनिबार पनि मस्कोस्थित एक अस्पतालमा आगो लागेको थियो । घटनामा एक बिरामीको मृत्यु भएको थियो ।

श्रोत : बीबीसी

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.