Home विश्व भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि सञ्‍चालन हुने

भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि सञ्‍चालन हुने

by nagariktoday

नयाँ दिल्ली – भारतमा नोभेल कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि १५ सम्म सञ्‍चालन गरिने भएको छ ।

भारतका मानव संसाधन मन्त्री रमेश पोखरियालले शुक्रबार भने, “विद्यार्थीहरुले स्थगित भएको कक्षा १० र १२ को परीक्षा कहिले हुन्छ भनेर चासो व्यक्त गरेका छन् । उक्त स्थगित भएको माध्यमिक तथा इन्टरमेडियटका परीक्षाहरु जुलाई १ देखि १५ सम्म सञ्‍चालन गरिने भएको छ ।”

लकडाउअघि सञ्‍चालन भइसकेका परीक्षाहरु भने पुन: सञ्‍चालन नगरिने र बाँकी रहेका परीक्षाहरु सञ्‍चालन गरिने भएका छन् ।

उनले उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन ऐनको विरोधा भएका हिंसाका कारण स्थगित भएका परीक्षाहरु पनि सञ्‍चालन गरिने बताइएको छ ।

श्रोत – एएनआई

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.