Home अर्थ / वाणिज्य एभरेष्ट बैंकको नाफा २ अर्बभन्दा बढी

एभरेष्ट बैंकको नाफा २ अर्बभन्दा बढी

by nagariktoday

काठमाडौं – एभरेष्ट बैंककाे यस वर्ष नाफा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भएको छ । बैंकले गत आर्थिक वर्षाकाे तेस्रो त्रैमासको तुलनामा यस वर्ष सोहि अवधिसम्म ६ प्रतिशत बढी खुद नाफा गरेको छ ।

सोमबार तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस वर्ष नाफा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भएको जनाएकाे हाे ।

यो नाफा गत वर्षको यसै अवधिसम्म २ अर्ब २१ करोड रुपैयाँभन्दा बढी थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ९४ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

तेस्रो त्रैमासम्ममा बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ भन्दाबढी खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी भएको छ ।

गत वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ भन्दा बढी खुद व्याज आम्दानी गरेको थियो भने ३ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी सञ्चालन मुनाफा गरेको थियो ।

गत वर्ष भन्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बृद्धि देखिएको छ । हाल ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

प्रतिशेयर आम्दानी ३७ दशमलव ३ रुपैयाँ रहेको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.