Home देश पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

by nagariktoday

वीरगञ्ज – पत्रकार तिवारी यादव माथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग राख्दै पर्साका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् ।

सरकारी निकायले बिभिन्न बहानाबाजी गरेर आक्रमण, दुर्व्यवहार, मानसिक यातना, धरपकड गर्दै आएकोले सञ्चारकर्मी यतिबेला त्रसित र आन्दोलित छन् ।

गत वैशाख २८ गते पत्रकार तिवारी यादवलाई कुटपीट गरी पाँच घण्टासम्म भ्यानमा कोचेर प्रहरीले नियन्त्रणमा राखेको भन्दै पर्सेली पत्रकारहरु आन्दोलित छन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर कोरोना विरुद्ध लड्नुपर्ने बताए । उनले घटनाको निष्पक्ष छानवीनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिए ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.