Home उजुरी भारतले अतिक्रमण गरेर सडक बनाएकाे नेपालकाे भूभाग फिर्ता गर्न परमादेश माग गर्दै रिट दायर

भारतले अतिक्रमण गरेर सडक बनाएकाे नेपालकाे भूभाग फिर्ता गर्न परमादेश माग गर्दै रिट दायर

by nagariktoday

काठमाण्डाै – भारतले अतिक्रमण गरेर सडक बनाएको नेपालको भूभाग फिर्ता गर्न परमादेश माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजङ्ग केसी र दीपेन्द्र अधिकारीले भारतले अतिक्रमण गरेर सडक बनाएको नेपालको भूभाग फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

रिटमा कुटनीतिक वार्ता र संवाद गरेर आफ्नो भूमि तत्काल फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरिएको अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिनुभयो ।

नेपालले कुटनीतिक वार्ता गरेर पनि आफ्नो भूमि फिर्ता ल्याउन नसके अन्तर्राष्ट्रियकरण गर्न पनि रिटमा माग गरिएको छ । दुवै संयुक्त राष्ट्र सङ्घका सदस्य भएकाले र राष्ट्र सङ्घको बडापत्र दुवै देशले पालना गर्नुपर्ने रिटमा माग गरिएको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.