Home कोरोना विषेश ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

by nagariktoday

काठमाडौं – ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

साथै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ५५ हजार नौ सय ३९ पुगेको छ । यद्यपि सरकारको यो तथ्यांक विश्वसनीय नरहेको र वास्तविक संक्रमितको संख्या निकै बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेसँगै नेशनल कंग्रेसले तीन दिनसम्म आधिकारिक शोक मनाउने निर्णय गरेको छ । साथै सबै नागरिकलाई कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सिफारिस गरिएको नियम पालना गर्न सुझाव दिइएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भने कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको नियमको आलोचना गर्दै आएका छन् ।

श्रोत : अलजजीरा

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.