Home अपराध प्रेमीका साथ लकडाउन नियम उल्लंघन गरेको आरोपमा भारतीय अभिनेत्री पूनम पाण्डे पक्राउ

प्रेमीका साथ लकडाउन नियम उल्लंघन गरेको आरोपमा भारतीय अभिनेत्री पूनम पाण्डे पक्राउ

by nagariktoday

काठमाडौं – प्रायःजसो विवादमा आइरहने भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूनम पाण्डेले भारतमा जारी लकडाउन उल्लङ्घन गरेपछि प्रहरीले पक्राउ गरेको हो । आइतबार उनी विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकी थिइन् । पूनममाथि सरकारको आदेश उल्लङ्घन गरेको आरोप लागेको छ ।

प्रहरीले पूनमसँगै उनीसँग कारमा घुमिरहेका साथीहरुलाई पनि गिरफ्तार गरेको छ । पूनम पाण्डे र उनका साथीलाई मरीन ड्राइभ क्षेत्रमा रहेको एक पाँच तारे होटलको अगाडिबाट गिरफ्तार गरेको हो । प्रहरीले पूनम पाण्डेको बीएमडब्ल्यू कार जफत गरेको छ ।

बेलाबेलामा विभिन्न हतकण्डा अपनाएर समाजिक सञ्जाल तथा मिडियामा छाइरहने पूनम पाण्डेको बलिउड करियर भने सफल हुन सकेको छैन । फिल्महरुमा बोल्ड अवतारमा देखिए पनि पूनमलाई फिल्ममा काम गर्ने अफरको कमी नै छ । साथै उनले काम गरेका फिल्मबाट समेत चर्चा बटुल्न सकेकी छैनन् ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.