Home प्रदेशप्रदेश ३ टोखा नगरपालिकाद्वारा राहत संकलन मापदण्ड तयार

टोखा नगरपालिकाद्वारा राहत संकलन मापदण्ड तयार

by nagariktoday

काठमाण्डौँ – टोखा नगरपालिकाले राहत सङ्कलन मापदण्ड तयार गरेको छ।टोखाको विपद् व्यवस्थापन समितिको बैठकले राहत सङ्कलन तथा वितरणका लागि मापदण्ड तयार गरेको हो।

कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर नगरपालिकाका प्रमुखले संयोजन गर्ने गरी नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नेपाल, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत गरेर त्यसका आधारमा समिति गठन गरिएको जानकारी दिए।मापदण्डका आधारमा सङ्कलन भएको राहत नगरपालिकाको संयोजनमा गरिब, निमुखा र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाएका छौँ,” उनले भने।

टोखाले तत्कालका लागि भैपरी आउने सम्भावित घटनालाई दृष्टिगत गर्दै प्रत्येक वडामा रु एक लाख रकम पठाउने निर्णय गरेको छ । प्रत्येक वडाबाट राहत वितरण गर्नेगरी मापदण्ड निर्माण गरिएको नगरप्रमुख अधिकारीको भनाइ छ।

नगरपालिकाले राहत वितरणका लागि प्रत्येक वडामा ‘वडा स्वयम्सेवक दल’ गठन गर्ने भएको छ। आफ्नो वडाका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन र राहत वितरणलाई प्रभावकारी बनाउन वडा स्वयम्सेवक दल निर्माण गर्न लागिएको हो।

नगरपालिकाभित्र रहेर खान नपाएका गरिब, निमुखा तथा विपन्न परिवारलाई बिहान ५ देखि ८ बजेसम्म राहत वितरण गर्न लागिएको नगरप्रमुख अधिकारीले बताए। राहत मापदण्डअनुसार कुपन बनाएर कुपनअनुसार राहत वितरण गर्ने तयारी भएको छ। सो नगरपालिकामा ११ वडा छन्।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.