Home यात्रा आज नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्यो

आज नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्यो

by nagariktoday

काठमाडौं – आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

चीनको लागि नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज बिहीवार ग्वाङ्झाउ जाँदैछ । नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् । नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.