Home अर्थ / वाणिज्य इसेवा चलाउन रिफर गरे ८० रुपैयाँसम्म बोनस पाइने

इसेवा चलाउन रिफर गरे ८० रुपैयाँसम्म बोनस पाइने

by nagariktoday

काठमाडौं – भुक्तानी सेवाप्रदायक इसेवाले ‘रिफर एन्ड अर्न’ अफर सार्वजनिक गरेको छ। कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले लकडाउन गरेका बेला इसेवाले यस्तो अफर बुधबार सार्वजनिक गरेको हो।

यस्तो बोनस भने इसेवा खातामा प्राप्त गर्न सकिन्छ। ‘नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउन अफर सार्वजनिक गरेको हो।

अफर अन्तर्गत इसेवा चलाउन सिकाएबापत प्रतिग्राहक ८० सम्म प्राप्त गर्न सकिनेछ। आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा रिफर गर्न सकिन्छ।

‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.