Home फिचर डेढ लाखभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

डेढ लाखभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

by nagariktoday

कोरोना भाइरसबाट संक्रमण भएकामध्ये १ लाख ६५ हजार भन्दा बढि मानिस निको भएर घर फर्किसकेका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ, भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ ।

मृत्यु भएकाबाहेक ५ लाख ५२ हजार ८ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ । अर्थात उनीहरु कोरोनाबाट संक्रमित भए पनि सामान्य रुघा, खोकीको समस्यामा मात्रै रहेका छन् र चाडैं निको हुनेछन् ।

२९ हजार ४ सय ८८ मानिसको अवस्था भने अलिक जटिल रहेको छ । अर्थात उनीहरुलाई भेन्टिलेटर तथा आइसीयुमा राखेर उपचार गरिदैंछ । कोरोना संक्रमितमध्ये ४.८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपी यो औसत मृत्यु दर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदर समेत रहेको छ ।

यसको अर्थ प्रत्येक देशमा मृत्युदर फरकफरक छ । संक्रमित हुनेमा कस्ता मानिस, कुन उमेरका मानिस परेका छन् भन्ने कुरामा निर्भर गरिरहेको छ । जस्तोकी इटालीमा धेरै मानिसको मृत्यु हुनुमा त्यहाँ संक्रमित हुने बढि मानिस वृद्ध भएका कारणलाई मृत्युदर बढी हुन पुगेको मानिएको छ ।

दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समुहका मानिस यसबाट संक्रमित हुनलाई कारण मानिएको छ । त्यसका साथै दक्षिण कोरियामा स्वास्थ्य एवं चिकित्सा सुविधा पनि निकै सम्पन्न भएका कारण मृत्युदर कम हुन पुगेको विश्लेषण गरिएको छ ।

सबैभन्दा बढी संक्रमण युरोपमा फैलिएको छ । युरोपमा सोमबारसम्म ३ लाख ९२ हजार ७ सय ९७ मानिस संक्रमित भएका छन् भने त्यसपछि उत्तर, दक्षिण अमेरिका रहेको छ । संयुक्त राज्य अमेरिका भने सबैभन्दा बढी मानिस संक्रमण हुने देशका रुपमा रहेको छ, त्यहाँ यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार भन्दा बढि मानिस संक्रमित भइसकेका छन् ।

(एजेन्सी)

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.