Home प्रदेश भक्तपुरमा घरबाहिर निस्कन अनिवार्य ‘पास’ लिनुपर्ने व्यवस्था

भक्तपुरमा घरबाहिर निस्कन अनिवार्य ‘पास’ लिनुपर्ने व्यवस्था

by nagariktoday

भक्तपुर – कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घरबाहिर निस्कन अनुमति लिनुपर्ने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी आजबाट वडा कार्यालयहरु मार्फत पास वितरण गर्ने निर्णय गरेको हो ।

हिजो बेलुकादेखि नै पास वितरण सुरु गरिसकेको जनाइएको छ । तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि कोरोना भाइरस संक्रमणबाट नगरवासीलाई जोगाउन घरबाहिर निस्कन पनि पास लिनुपर्ने निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

नगरपालिकाले ‘एक घरधुरी एक पास’को व्यवस्था गरेको छ । पास घरघरमा वडा कार्यलयका कर्मचारीहरुले पुर्याइदिने व्यवस्था गरेको छ ।

पासविना घरवाहिर निस्कने व्यक्तिलाई कारवाही गर्न नगरपालिकाले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

नगरपालिकाले तरकारी बजारसमेत व्यवस्थित गर्न खुल्ला स्थान तथा प्रत्येक वडाहरुमा बिहान तीन घण्टा र बेलुकी २ घण्टा तरकारी बजार खोल्ने निर्णय गरेको छ । यस्तो पास भक्तपुरका करिव २० हजार घरघुरीलाई वितरण गर्न नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

श्रोत: न्युज24

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.