Home खेलकुद आइपिएल रद्द हुने सम्भावना

आइपिएल रद्द हुने सम्भावना

by nagariktoday

चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ संस्करण रद्द हुने लगभग निश्चित हुँँदै गएको छ। कोरोना भाइरसको बढ्दो कहरसँगै २९ मार्चबाट शुरु हुनु पर्ने आइपिएल १५ अप्रिलका लागि पछि सारिएको थियो ।

कोरोनाको प्रभाव कम नभएको अवस्थामा आइपिएल गराउने तरखरमा रहेको बिसिसिआई ‘पर्ख र हेर’ को अवस्थामा छ । र, अहिलेको अवस्थामा अप्रिलमै आइपिएल हुन लगभग असम्भव जस्तै छ । भाइरसको संक्रमण नियन्त्रणका लागि भारत लकडाउनमा छ । र, अन्य देशहरु जहाँबाट खेलाडी आइपिएल खेल्न आउँछन् ती देशमा पनि अवस्था उस्तै छ । अस्ट्रेलियाले आफ्ना नागरिकहरुलाई ‘नो ट्राभल’ को निर्देशन दिइसकेको छ । त्यस्तै धेरै देशहरुमा पनि लकडाउनकै अवस्था छ ।

भर्खरै टोकियो ओलम्पिकसमेत एक वर्षका लागि पछि सरेको सन्दर्भमा आइपिएल रद्द हुने सम्भावना बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि बिसिसिआईले आइपिएल रद्द हुनेबारे कुनै निर्णय लिइसकेको छैन ।

मिडिया रिपोर्टहरुका अनुसार बिसिसिआई, केन्द्र सरकार र खेल मन्त्रालयको संकेत पर्खेर बसेको छ । आइपिल रद्द भएको खण्डमा फ्रेन्चाइजी ७५ हजार भारतीय रुपैयाँ कटौती हुनेछ जसको प्रत्यक्ष नोक्सान बिसिसिआईलाई पर्नेछ । अमेरिकी बैंक डिभिजन वोफाका सेक्युरिटिजको रिपोर्ट अनुसार आइपिएल रद्द भएको खण्डमा बिसिसिआईलाई ४ हजार करोड भारतीय रुपैयाँ नोक्सान हुनेछ। जसमा हटस्टारलाई पनि नोक्सान हुनेछ ।

आइपिएल रद्द भएको खण्डमा सन् २०२१ मा मा हुने ‘मेगा अक्सन’ पछि सर्नेछ । यसपटक आइपिएल रद्द भए अर्को साल पनि यही सिजनले निरन्तरता पाउने भएकाले उक्त लिलामी पछि सर्नेछ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.