Home अर्थ / वाणिज्य कोरोना कोषमा नागरिक लगानी कोषको एक करोड २५ लाख

कोरोना कोषमा नागरिक लगानी कोषको एक करोड २५ लाख

by nagariktoday

काठमाण्डौँ – नागरिक लगानी कोषले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । लगानीकोषको १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कोषमा कार्यकारी निर्देशक रामण नेपालले एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यस्तै कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरेसरह दशौ तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायकस्तरका कर्मचारीहरुले तीन दिनको तलब बराबरको रहक सहयोग गर्ने भएका छन् ।

सरकारले स्थापना गरेको कोषमा सरकारी तथा गैरसरकारी निकायबाट सहयोग आउने क्रम जारी छ । लगभग सरकारी निकायहरु सबैले आर्थिक सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस अगाडि कर्मचारी सञ्चयकोषले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.