Home अपराध सामाजिक सञ्जालबाट चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी गर्नेहरू पक्राउ

सामाजिक सञ्जालबाट चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी गर्नेहरू पक्राउ

by nagariktoday

काठमाडौं – विभिन्न सामाजिक सञ्जालकाे दुरुपयाेग गरेर चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाकाे टोलीले भाइबर, ह्वाट्स एप, इमो, फेसबुकबाट चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।

विदेशी नागरिकहरू नाइजेरियन पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाइ लामोसमयदेखि सामाजिक सञ्जालमार्फ करोडौं रुपैयाँ ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएकाे छ ।

हरीका अनुसार नाइजेरियन र भारतीय नागरिकहरुले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरूलाई एजेन्ट बनाइ लामो समयदेखि ठगी गर्दै आएका थिए ।

एजेन्टहरूले ठगी गरेको रकम कारोबार गर्न प्रयोग गरेका बैंकहरूसमेत ह्याक भएको हुन सक्ने सम्भावना रहेकोले सो सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.