Wednesday, November 14News That Matters

खेलकुद

sports news

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

खेलकुद, चलचित्र/मनोरञ्जन, प्रविधि
काठमाडौं, २६ फागुन । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ । त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस
भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

अर्थ / व्यापार, खेलकुद
विराटनगर, २५ फागुन । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि भारतले नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गर्ने भएको छ । आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट बन्द गरीने भारतले जनाएको छ । आइतबार साँझ ६ बजेसम्मको लागि नेपाल भारत सिमाना बन्द गरिने भएको छ । उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेको छ । भारतको आग्रहमा शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दात
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले