Tuesday, December 11News That Matters

नागरिक बिचार

special blogs

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

नागरिक बिचार, राजनीति, समाज
काठमाण्डौ, ११ मङ्सीर । आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ । यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोल
क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिकको भारतको दुर्गम आदिवासी क्षेत्रमा हत्या

क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिकको भारतको दुर्गम आदिवासी क्षेत्रमा हत्या

नागरिक बिचार, मुख्य समाचार, समाज
नयाँदिल्ली, ७ मंसिर । भारतमा क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिकको हत्या भएको छ । अमेरिकी नागरिक जोन अलेन चाउको भारतमा हत्या भएको हो । उनी क्रिश्चियन धर्म प्रचारका लागि भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा पुगेका थिए । उनको त्यहाँ शंकास्पद रुपमा हत्या भएको हो । यहाँका आदिवासीले प्रयोग गर्ने धनुष वाणको प्रहारले चाउको हत्या भएको बुझिएको छ । यस क्षेत्रमा विदेशीले यस्ता हतियार बोक्न प्रतिबन्ध लगाइएकाले पनि चाउको हत्या अन्डामनका आदिवासीले नै गरेको बताइन्छ । उनले क्रिश्चियन धर्म प्रचार गरेका कारण उनको हत्या गरिएको अधिकारीहरुले बताएका छन् । चाउको आफ्नो सामाजिक संजालमा भने आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ । सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ । चाउले भिक्टो
राष्ट्रपतिको १८ करोडको गाडीलाई लियर रेखाले यस्तो सम्म भनिन

राष्ट्रपतिको १८ करोडको गाडीलाई लियर रेखाले यस्तो सम्म भनिन

नागरिक बिचार, राजनीति
काठमाण्डौ  ४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि  अहिले बिभिन्न किसिमका ट्रोल हरु बन्ने देखी लियर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसै क्रममा नायिका रेखा थापाले पनि यो बिषयलाई लियर फेसबूकमा एक स्टाटस राखेर आफ्नो भनाइ ब्यक्त गरेकी छिन । उनको स्टाटस यस्तो रहेको छ :- ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ?’ cilias no prescription fast delivery.
बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

नागरिक बिचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौ १९ असोज । बुटवलकी ४८ वर्षीया किरण विश्वकर्माको तौल १ सय ८ केजी थियो । अस्वभाविक रुपमा बढेको तौलले विश्वकर्मालाई थाइराइड, उच्च रक्तचापको समस्या थपिदिएको थियो । घुडादुख्ने समस्याका कारण उनी शारीरिक व्यायम गर्न सक्दिनथिइन् । घरमै निस्क्रिय जीवन विताउँनुपर्दा तौल बढी भएर घरको सिँढी चढ्न समेत नसक्ने भएकी थिइन् । उनमा मोटोपनले आफ्नो अकालमै ज्यान जान्छ कि भन्ने चिन्ता थियो । ‘म धेरै मोटी थिए, मोटो मान्छेलाई जुनसुकै समयमा पनि हार्टअट्याक हुन्छ भन्ने सुनेको थिए, मोटी भएकै कारण मैले पनि छिटै मर्नुपर्छ कि भनेर मलाई डर लाग्थ्यो ।’ किरणलाई घरमा एक्लै छाडेर हिँड्दा केही हुन्छ कि भन्ने चिन्ता उनको परिवारका अन्य सदस्यालाई समेत थियो । ‘मेरी श्रीमती तौल बढी भएकै कारण राम्रोसँग हिड्न सक्दिनथिइन्,’ विश्वकर्माका पति एमबी विश्वकर्माले लोकान्तरसँग भने, ‘अस्वाभाविक रुपमा बढेको उनको तौलले परिवारका सब
भक्का खान ३ घण्टा लाइन

भक्का खान ३ घण्टा लाइन

नागरिक बिचार, समाज
काठमाण्डौं २३ बैशाख । मानिस चाहे संसारको जुनसुकै ठाउंमा पुगोस् । तर उसलाई आफ्नो ठाउंको स्वादले भने तानेकै हुन्छ । विदेशी परिकारको स्वाद जति खाए पनि आफ्नो ठाउंको रैथाने खानाले सबैलाई मोहित बनाउँछ । बिरानो ठाउंमा बसेको बेलामा रैथाने खानाको स्वाद लिन पाउँदा कम्ति खुसी लाग्दैन । त्यस्तै रैथाने स्वाद लिनेहरुको पुरानो बानेश्वर चोकमा निकै ठूलो भिड देखिन थालेको छ । पुरानो बानेश्वर चोक देखि मैतिदेवी मोडिने तर्फ एउटा सानो कोठामा पुर्वेली परिकारको स्वाद लिनेहरुको अहिले लामै लाइन छ । बस्ने ठाउँ नपाएर उभिएरै, अनि घण्टौं कुरेर बस्छन् काठमाडौंबासी । पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस । काठमाडौंमा मम, बर्गर, पिज्जाको स्वादले आजित बनेकाहरुका लागि भक्का नयाँ श्वाद बन्न सकेको छ । त्यसैले त पुरानो बानेश्वरको भक्का हाउस खचाखच ग्राहकले भरिएको हुन्छ । लाइट नेपालको टोली भक्का हाउस पु