Tuesday, October 16News That Matters

राजनीति

political news

नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस्  १० तस्बिरमा

नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस् १० तस्बिरमा

मुख्य समाचार, राजनीति
काठमाण्डौं ३ जेठ । अन्तत नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । विहिवार पार्टी एकिकरणको घोषणा गरेसंगै दुई घटक मिलेका हुन् । दुई ठुला कम्युनिष्ट घटक मिलेर ने‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । राष्ट्रिय सभा गृहमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस्  १० तस्बिरमा 
प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक

प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक

मुख्य समाचार, राजनीति
काठमाण्डौ २९ बैशाख । भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्ने स्थल सभागृहमा प्रत्रकारलाई प्रवेश रोक लगाएको छ । सैन्य सुरक्षा प्रमुखको हस्ताक्षर भएको कार्ड देखाउँदा पनि सञ्चारकर्मीलाइ समाचार संकलनमा रोक लगाएको हो । निजी क्षेत्रका न्युज एजेन्सी नेपाल, कान्तिपुर टिभी, जनता टिभी, अन्य संचार माध्यमलाई सभागृह भित्र प्रवेश नदिएपछी सोही हल अगाडी फोटो पत्रकारहरु क्यामरा डाउन गरे । (तस्बिर पत्रकार अस्मिता रिजालको फेसबुक वालबाट)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान

मुख्य समाचार, राजनीति
काठ्माण्डौ २९ बैशाख । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री मोदीको स्वागतका लागि भने मुक्तिनाथमा बिहानैदेखि तयारी थालिएको छ । मुक्तिनाथ परिसरमा रहेको रानीपौवा बजारदेखि मन्दिरसम्म सुरक्षा जाँच कडा परिएको छ ।
म प्रधानमन्त्रीका रुपमा होइन प्रधान तिर्थयात्रीका रुपमा नेपाल आएको छु – मोदी

म प्रधानमन्त्रीका रुपमा होइन प्रधान तिर्थयात्रीका रुपमा नेपाल आएको छु – मोदी

मुख्य समाचार, राजनीति
जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण भारतको प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा रहेको स्पष्ट पारेका छन् । जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै क्षमा मागे । माता सिताले आजै दिन आउन भनेकोले वहाँको दर्शन गर्ने दिन जुरेको पनि बताए । लगतै उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मैथिलीमा सम्बोधन गरेका छन् । उनले मैथली भाषामा सम्बोधन गर्न थालेपछि उपस्थितले तालि बजाएका थिए ।
लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

मुख्य समाचार, राजनीति
स्याङजा, २७ बैशाख । तनहुँ ब्यास नगरपालिका-१३ छाप्दिबाराही बस्ने २२ वर्षीय सवित थापालाई लागूऔषध नोफ्रिम १४ पिस, फेनारगन १४ पिस, सेरिजेट १५ पिस र सिरिन्ज १ थान सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । गल्याङ नगरपालिका-३ स्थित चाँदनी होटलको शौचालयमा सिरिन्ज हानिरहेको अवस्थामा प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले फेलापारी उनी सवार लु.१ ख. ८७८८ नम्बरको बुटवलबाट बाग्लुङ जाने बसको सिटमा समेत जाँच गर्दा उनको झोलाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।