Tuesday, December 11News That Matters

फोटो फिचर

Photo feature news

नेपालगञ्जस्थित रानी तलाउ पर्यटकीयस्थल बन्दै  (फोटो फिचर)

नेपालगञ्जस्थित रानी तलाउ पर्यटकीयस्थल बन्दै (फोटो फिचर)

फोटो फिचर, मुख्य समाचार, समाज
राँझा, ६ मङ्सिर । नेपालगञ्जस्थित पुनर्निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । प्रत्येक दिन ३०० भन्दा बढी मानिस रानीतलाउ अवलोकन गर्न आउने गरेका छन् । बिदाको दिन भने भ्याइनभ्याई हुने गरेको रानीतलाउ सञ्चालनार्थ वडा कार्यालयबाट जिम्मेवारी पाएका कर्मचारी ऋषि मिश्राले बताउनुभयो । “अरू बेलाभन्दा बिदाको बेला धेरै मान्छे आउने गरेका छन्,” मिश्राले भने, “बिदाको दिनमा एक हजार ५०० भन्दा बढी मान्छेले टिकट काटेर घुम्ने गरेका छन् ।” बिदाका दिनमा बच्चासहित सपरिवार घुम्न आउने भएकाले धेरै घुइँचो हुने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले दिनभर काममा खटिने उद्योगी, व्यापारी, पेशाकर्मी, गृहिणी र विद
बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, फोटो फिचर, समाज
मुम्बई, २४ फागुन । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका बेष्ट जोडी मध्यका एक हुन् । यो जोडी अब बिबाह बन्धनमा बाँधिने छन् । अहिले खबर बाहिर आएको छ कि यी दुबैका आमाबुबाले ३,४ महिना भित्र बिबाह गर्ने निणर्य गरेका छन् । रणवीरसँग दीपिकाको बिबाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएका थिए । दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । बिबाह टुङ्गो लाग्ने
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अ
पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, फोटो फिचर, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहर
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दात