Tuesday, December 11News That Matters

मुख्य समाचार

main news

निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध उर्लियो युवाहरुको जनलहर

मुख्य समाचार, राजनीति, समाज
काठमान्डौं १५ मङ्सीर । निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध युवाहरुले नारा जुलुस निकालेका छन । शनिबार काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको थियो । सोही बिरुद्ध आज जुलुस निकालेको जुलुसमा सहभागीले बताए । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले भने । हेर्नुहोस् भिडियो :-   

सुकीबाट नेपाल र म्यान्मार व्यापारमा जोड

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति
काठमाडौँ, १३ मङ्सिर । म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।
१२६ घण्टा नाचेर विश्व किर्तिमान राख्न सफल बन्दना नेपाल

१२६ घण्टा नाचेर विश्व किर्तिमान राख्न सफल बन्दना नेपाल

चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ,१२ मङ्सीर । बन्दना नेपाल  संसारको सबैभन्दा लामो समय ‘नाचेर विश्व किर्तीमान’राख्न सफल भएकी छिन्। नेपाली चेली बन्दना नेपालले सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२६ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२६ घण्टा नाचिसकेकी छन् । शुक्रबार बिहान ९ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार ३ बजेमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ । हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बिसीले पनि उनलाई नाचेर साथ दिएका
साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

मुख्य समाचार, समाज
काठमाण्डौं १२ मङ्सीर । बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे। तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् । यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोप
‘यो सरकार जुम्रा मार्न बनेको होइन ,देश विकास गर्न बनेको हो ’-  प्रम ओली

‘यो सरकार जुम्रा मार्न बनेको होइन ,देश विकास गर्न बनेको हो ’- प्रम ओली

मुख्य समाचार, राजनीति
काठमाडौं, १२ मंसिर । सरकारले काम नगरेको भनेर आलोचना भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको प्रतिकार गरेका छन् । उनले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । उनले सरकार जुम्रा मारेर बस्न नबनेको भन्दै देश विकासका लागि आफु ब्यस्त रहेको बताए । उनले भने कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन्, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’ albuterol inhaler no prescription. मंगलवार काठमाडौंमा आयोजना गरिएको सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार कहाँ छ भनेर मजदुरलाई सोध्न आग्रह गरेका छन् । केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । उनले काठमाण्डौंका सडक बढारिने, धोइने काम गरिने भएकाले सरकारको काम प्रत्यक्ष देख्न