Tuesday, December 11News That Matters

अन्तर्राष्ट्रिय

international news

नयाँ बर्षमा ‘नेपाली समाज टेक्सस’ले अमेरिकामा गर्ने भयो नेपालीहरुको कुम्भ मेला ।

नयाँ बर्षमा ‘नेपाली समाज टेक्सस’ले अमेरिकामा गर्ने भयो नेपालीहरुको कुम्भ मेला ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार
टेक्सस, २७ चैत्र । अमेरीकाको टेक्ससमा रहेका नेपालीहरुको संस्था ‘नेप्लिज सोसाइटी अफ टेक्सस’ले नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । २००० हजार क्षमता भएको लोन स्टार पार्क मा गर्न लागिएको भब्य मेलामा नेपालका चर्चित कलाकारहरुको सहभागीता रहने सो संस्थाका महासचिव भक्त बहादुर भन्डारी ले बताए । उक्त कार्यक्रममा भाग लिन लोक दोहरीका चर्चित कलाकार बिमल डांगी, संगीता थापा मगर, डि.जे प्रसान्त, डि.जे मो मो, डि.जे सुसान्त ,डी.जे विश्व का साथै फिरोज स्याङदेन द ब्यान्ड र सञ्जय बैध्य को पनि प्रस्तुती रहने महासचिव भण्डारीले बताए । उक्त मेलामा बच्चाहरुको लागि बिशेष कार्यक्रम नेपाली खानाका स्टलहरु, बिभिन्न सामाग्रीका बुथहरु साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि बताए । नेपाली समाज टेक्ससले स्थापना भएदेखी पहिलो पल्ट यती ठुलो कार्यक्रमको आयोजना गर्न लागेको महासचिव भक्त बहादु
आमा श्रीदेवीको निधनपछि शुटिंगमा फर्कीइन् जान्ह्वी

आमा श्रीदेवीको निधनपछि शुटिंगमा फर्कीइन् जान्ह्वी

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, समाज
मुम्बई, २६ फागुन । बलिवुडमा डेभ्यु गर्न लागेकी जान्ह्वी कपुरले आफ्नी आमा श्रीदेवीको निधनको दुइ हप्ता पनि नहुदै फिल्मको शुटिंगमा फर्किएकी छन् । आफ्नी आमा श्रीदेवीसँग अत्यन्त नजिक रहेको जान्ह्वीले आमाको निधन पछि मार्मिक पत्र लेख्दै आमाको सपना पुरा गर्ने बाचा गरेकी थिइन् । भारतीय संचारमाध्यमहरुका अनुसार जान्ह्वीले डेभ्यु गर्न लागेको फिल्मको धड्कको सेटमा जान्ह्वी देखिएकी छन् । मुम्बईको बान्द्रास्थित फिल्म धड्कको सेटमा जान्ह्वी निर्देशक शशांक खेतान र सहकर्मी अभिनेता इशान खट्टरसँग देखिएकी छन् । मुम्बई मिररका अनुसार जान्ह्वी र इशानले केहि दिन बान्द्रामा फिल्मका केहि रोमान्टिक सिनको शुटिंग गर्ने उल्लेख गरको छ । साथै केहि दिन पछि फिल्म युनिट सुटिंगका लागि कोलकोता जाने बताइएको छ । यस अघि फिल्मको राजेस्थानमा शुटिंग भएको थियो । गत डिसेम्बर देखि शुटिंग सुरु भएको यस फिल्म आगामी जुलाई ६ त
हिरासतभित्रै अनसनरत रेशम चौधरीको पिसाबमा खुन निस्किन लग्यो, चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन निर्देशन

हिरासतभित्रै अनसनरत रेशम चौधरीको पिसाबमा खुन निस्किन लग्यो, चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन निर्देशन

अन्तर्राष्ट्रिय, स्वास्थ्य
धनगढी — टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो। ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ।’   यो खबरसंगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई ठाडो निर्देशन दिएका छन्। शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो। २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप
बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, फोटो फिचर, समाज
मुम्बई, २४ फागुन । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका बेष्ट जोडी मध्यका एक हुन् । यो जोडी अब बिबाह बन्धनमा बाँधिने छन् । अहिले खबर बाहिर आएको छ कि यी दुबैका आमाबुबाले ३,४ महिना भित्र बिबाह गर्ने निणर्य गरेका छन् । रणवीरसँग दीपिकाको बिबाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएका थिए । दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । बिबाह टुङ्गो लाग्ने
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अ