Tuesday, October 16News That Matters

व्यापार

business news

१५ बर्ष पछी करिश्मा काठमाण्डौंमा यसरी झुल्कीइन फोटो फिचर

१५ बर्ष पछी करिश्मा काठमाण्डौंमा यसरी झुल्कीइन फोटो फिचर

मनोरञ्जन, मुख्य समाचार, व्यापार
काठमाडौं, २४ वैशाख । भारतीय नायिका करिश्मा कपुर सोमवार नेपाल आएकी छन् । उनी केही घन्टाका लागि काठमाडौं आइपुगेकी थिइन् । करिब ९ बजे नेपाल आइपुगेकी उनले केही घण्टा काठमाडौंको दरबारमार्गमा बिताएकी छन् । उनलाई दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटनका लागि निम्त्याइएको थियो । करिश्माले ज्वेलर्सको उद्घाटन गर्दै आफुलाई सगरमाथाको देश नेपाल अति मन पर्ने बताइन् । उनले आफ्नो नेपाल आगमन दोस्रो पटक भएको बताइन् । करिष्मा १५ वर्ष अघि पहिलो पटक नेपाल आएकी थिइन् । उनले आफुले उद्घाटन गरेको ज्वेलर्स र आफुमा समानता भएको प्रतिकृया दिइन् । मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जेनेरेशनको नायिका भएको बताइन् । ज्वेलर्सको उद्घाटन पछि शाखाको भ्रमण गरेकी करिश्मालाई निकै धेरै मिडियाका क्यामेराले पच्छ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ ब
तरकारी खेतीमा दाम संगै काम र नाम पनि 

तरकारी खेतीमा दाम संगै काम र नाम पनि 

जीवनशैली, व्यापार
दिपक खड्का,चन्द्रौटा चैत्र २७ । कपिलवस्तु जिल्लाको विजयनगरगाँपालिका वडा न.५ डालपुर बस्दै आएका जगरनाथ पाल तरकारी खेती तिर आकर्षित भएका छन । उनले ९ कट्ठामा तरकारी खेती गरि ७ जनाको परिवार पाल्दै आएका छन । हाल ४२ वर्ष पुगेका पाल १० वार्षको उमेर देखि खेती गदै आएको समझना सुनाए ज्ञानको अभावमा परमपरागत खेती गर्दे आएको र गरिबीको कारण पढन न सकेनी आफना छोरा,छोरीलाई नजिके रहेको शिव मा.वि. डालपुरमा अध्यन गर्ने गरेको जानकारी दिए । रुपन्देहिको खुरदावानगर गा.वि.स. वडा न ९ लकडीगढवा गाँउ वाट ४ वर्ष पहिला बसाई सराई गरि आएका उनको परिवार अहिले डालपुरमा तरकारी खेतिमा रमाउना थालेका छन । विजयनगर गाँउपालिकाको डालपुर गाँउका बासिदाहरु धान,गेहु खेतिमा निर्भर रहने कामको खोजीमा ज्याला मजदुरी गर्ने र आफनो खेत बाझौ राखि मजदुरी गर्ने गरेको स्थानिय वासिदा शंकर बि.क.ले बताउनु भयो । हाल डालपुर गाँउका लागि नमुना बनेका पाल
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, खाना, फैशन, मनोरञ्जन, व्यापार, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अ
पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

जीवनशैली, फैशन, मनोरञ्जन, मुख्य समाचार, व्यापार, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहर
भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

खेलकुद, व्यापार
विराटनगर, २५ फागुन । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि भारतले नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गर्ने भएको छ । आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट बन्द गरीने भारतले जनाएको छ । आइतबार साँझ ६ बजेसम्मको लागि नेपाल भारत सिमाना बन्द गरिने भएको छ । उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेको छ । भारतको आग्रहमा शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।