Tuesday, October 16News That Matters

Author: Nagarik Today

बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

खाना, जीवनशैली, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौ १९ असोज । बुटवलकी ४८ वर्षीया किरण विश्वकर्माको तौल १ सय ८ केजी थियो । अस्वभाविक रुपमा बढेको तौलले विश्वकर्मालाई थाइराइड, उच्च रक्तचापको समस्या थपिदिएको थियो । घुडादुख्ने समस्याका कारण उनी शारीरिक व्यायम गर्न सक्दिनथिइन् । घरमै निस्क्रिय जीवन विताउँनुपर्दा तौल बढी भएर घरको सिँढी चढ्न समेत नसक्ने भएकी थिइन् । उनमा मोटोपनले आफ्नो अकालमै ज्यान जान्छ कि भन्ने चिन्ता थियो । ‘म धेरै मोटी थिए, मोटो मान्छेलाई जुनसुकै समयमा पनि हार्टअट्याक हुन्छ भन्ने सुनेको थिए, मोटी भएकै कारण मैले पनि छिटै मर्नुपर्छ कि भनेर मलाई डर लाग्थ्यो ।’ किरणलाई घरमा एक्लै छाडेर हिँड्दा केही हुन्छ कि भन्ने चिन्ता उनको परिवारका अन्य सदस्यालाई समेत थियो । ‘मेरी श्रीमती तौल बढी भएकै कारण राम्रोसँग हिड्न सक्दिनथिइन्,’ विश्वकर्माका पति एमबी विश्वकर्माले लोकान्तरसँग भने, ‘अस्वाभाविक रुपमा बढेको उनको तौलले परिवारका सब
लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न

लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न

मनोरञ्जन
काठमाण्डौ, १८ असोज । राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितीले "लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ को आयोजना गर्‍यो । प्रमुख अतिथी नारायण रायमाझीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रम "पहिलो पटक र फरक प्रयास, लोक दोहोरीमा नयाँ अभ्यास” भन्ने मुल नारा सहित नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा शुभकामना आदान प्रदान सहित मनाए । प्रतियोगिता १० समुहमा रहेर संचालन भएको थियो । प्रतियाेगितामा पहिलो - दाङ समुह ,दोस्रो - ठमेल समुह ,त्रितिय - ललितपुर समुह र सान्त्वना चाबहिल समुहले नगद सहित प्रमाण पत्र प्राप्त गरे ।
बलत्कार विरूद्ध नारी जागरण अभियान जरूरी

बलत्कार विरूद्ध नारी जागरण अभियान जरूरी

मुख्य समाचार
अहिले प्रायः धेरै जसकाे मुखमा बलत्कारीलाइ फाँसिकाे सजाय दे सरकार भनि रहेका छन् । के फाँसिका सजायले बलत्कार घट्छ त ? पक्कै हाेइन न त गरिवलाइ मारेर गरिवि नै घट्छ त्यसैले बलत्कारीलाइ फाँसि हाेइन चिरेर नुन, चुक र खुर्सानी दल्नै पर्छ । बलत्कारकाे पिडा कस्ताे हुन्छ त्यसले सहजै बताउन सक्छ जसले त्याे पिडा बाट गुज्रिनु परेकाे छ । परिवार र समाजबाट अपहेलित जिवन जिउन बाध्य भएकाे छ । अाज समाजकाे अवस्था जे जति फेरिएपनि, कानूनका पानाहरूमा जे जस्ताे कारवाही काेरिएपनि बलत्कार जस्ताे जघन्य अपराध फेरिएकाे छैन अझ उन्मात भएर उर्लिएकाे छ । हिंजाेकाे दिनमा पनि पहाड, हिमाल र तराइमा बलत्कारका घटना नघटेका हाेइनन मात्र फरक के हाे भने साना कलिला बालिका बलत्कृत भएका छन् जहाँ उनकाे बलत्कार पछि घाँटि थिचेर हत्या भएकाे छ जसका कारण समाज तातेकाे देखिएकाे मात्र हाे । जाे जिवित छन् र बलत्कृत छन् उनी लुकाउन बाध्य छन् । उनलाइ

प्रहरीसँगको मुडभेडमा २ जना अपहरणकारीको मृत्यु

मुख्य समाचार
काठमाडौं ,२१ साउन । वालक अपहरण पश्चात हत्या भएको घटनाको अनुसन्धानको क्रममा आपराधिक व्यक्तिहरुसँग सोमबार भएको मुडभेडमा प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नुवाकोट सामरी ठेगाना भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली-१ ठेगाना भएका २३ वर्षीय अजय तामाङ रहेका छन् । सिन्धुपाल्चोक ज्यमिरे–९ स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ काँडाघारी बस्ने गणेशबहादुर खड्काको ११ वर्षीय छोरा निशान खड्कालाई आइतबार काँडाघारीबाट अपहरण गरी ४० लाख फिरौती रकम माग गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले निशानलाई सोमबार दिउँसो भक्तपुर ठिमी नगरपालिका-७ स्थित श्याम लवटको निर्माणाधीन घरमा मृत अवस्थामा फेला पारेको थियो । अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न आपराधिक व्यक्तिहरु खोजी गर्ने क्रममा भक्तपुर सूर्यविनायक न
काठमाडौंमा फोटोपत्रकारहरुको भेला सम्पन्न

काठमाडौंमा फोटोपत्रकारहरुको भेला सम्पन्न

मुख्य समाचार
काठमाण्डौं,१७ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे) मा आवद्ध तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको यसै साता भेला भएको छ । कमलादिमा आयोजित भेलामा काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा फोटोपत्रकाहरु एक जुट भएका हुन । विगत २१ वर्ष देखि स्थापना भइ आएको राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौलाई अझै सक्रिय रुपमा अगाडी वढाउनको लागि रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा भेटघाट तथा छलफल सम्पन्न गरेको हो । उक्त भेलाले हाल काठमाडौंमा रहेको (एनएफपीजे) को ११ औं वार्षिकउत्सव तत्काल गर्न दवाव दिने र नयाँ साधारण सदस्यको लागी फोटोपत्रकारहरुलाई सदस्यता दिने साथै राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे)लाई सक्रियरुपमा फोटोपत्रकारहरुको नेतृत्वमा सबै खाले हकहितको लागि अझै एक ढिक्का भएर अगाडी वढ्ने र संस्थालाई