Tuesday, October 16News That Matters

भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द


विराटनगर, २५ फागुन । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि भारतले नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गर्ने भएको छ ।

आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट बन्द गरीने भारतले जनाएको छ । आइतबार साँझ ६ बजेसम्मको लागि नेपाल भारत सिमाना बन्द गरिने भएको छ ।

उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेको छ । भारतको आग्रहमा शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *