Wednesday, November 14News That Matters

बलत्कार विरूद्ध नारी जागरण अभियान जरूरी


अहिले प्रायः धेरै जसकाे मुखमा बलत्कारीलाइ फाँसिकाे सजाय दे सरकार भनि रहेका छन् । के फाँसिका सजायले बलत्कार घट्छ त ? पक्कै हाेइन न त गरिवलाइ मारेर गरिवि नै घट्छ त्यसैले बलत्कारीलाइ फाँसि हाेइन चिरेर नुन, चुक र खुर्सानी दल्नै पर्छ । बलत्कारकाे पिडा कस्ताे हुन्छ त्यसले सहजै बताउन सक्छ जसले त्याे पिडा बाट गुज्रिनु परेकाे छ । परिवार र समाजबाट अपहेलित जिवन जिउन बाध्य भएकाे छ । अाज समाजकाे अवस्था जे जति फेरिएपनि, कानूनका पानाहरूमा जे जस्ताे कारवाही काेरिएपनि बलत्कार जस्ताे जघन्य अपराध फेरिएकाे छैन अझ उन्मात भएर उर्लिएकाे छ । हिंजाेकाे दिनमा पनि पहाड, हिमाल र तराइमा बलत्कारका घटना नघटेका हाेइनन मात्र फरक के हाे भने साना कलिला बालिका बलत्कृत भएका छन् जहाँ उनकाे बलत्कार पछि घाँटि थिचेर हत्या भएकाे छ जसका कारण समाज तातेकाे देखिएकाे मात्र हाे । जाे जिवित छन् र बलत्कृत छन् उनी लुकाउन बाध्य छन् । उनलाइ साथ दिने भन्दा पनि लुकाउनु पर्छ बिहे हुँदैन, समाजले स्विकार गर्दैन यावत, अझ उल्टै बालिका बलत्कृत लाइनै दाेषि तुल्याइन्छ । अनि बलत्कारी छाती फुलाएर समाजमा हिंडि रहेकाे हुन्छ भने बलत्कृत चाहिं बाेल्याे भने चरित्रहिनकाे बिल्ला भिर्नु पर्ने, बाेलेन भने मनमनै अाँसुका घुट्का पिएर बाँच्नु पर्ने बाध्यता छ । अझ अाफ्ना दुख, वेदना, मानसिक र शारिरिक पिडा लुकाएर हामीले वावु अामा र समाजकाे इज्यतकाे खातिर माैन भइ दिएका छाैं त्यस्ता केसमा अहिले पनि समाजमा बलत्कारीहरू छाती फुलाएर हिंडिरहेका छन् अझ कहिं कतै भेटियाे भने जिस्काउन बाँकी राख्दैनन ।

मानवकाे पहिलाे पाठशाला भनेकाे घर, दाेस्राे समाज र तेस्राे विद्मालय हाे भने पहिलाे गुरू भनेकी अामा हुन् । जव घरमा एक नारि सचेत, जागृत, शिक्षित, गुणी हुन्छिन र बालबच्चालाइ सहि बाटाेमा हिंड्न प्रेरणा दिन्छिन भने त्याे घर स्वर्ग हुन्छ । एक सचेत, जागृत र शिक्षित हुँदा उनकाे घर परिवारकाे वातावरण नै फरक हुन्छ । त्यसैले अहिलेकाे बलत्कारी समाज सुधारकाे लागि नारि जागरण अावश्यक भएकाे छ । पुरूषहरू कमाइकाे लागि काेहि विदेशिन बाध्य छन्, काेहि काममा जान्छन् तर महिलाहरू घरकाे काम सम्भाल्छन उनले बालबच्चा पनि सम्भाल्नु पर्छ । सबैकाे ख्याल राख्नु पर्छ । अब सबै महिलाहरू, बालिकाहरू, वृद्धाहरू सचेत हुनु पर्ने बेला अाएकाे छ । अब घर छाेडेर काममा गएकाे घर फर्किंदा छाेरीहरू, श्रीमती, अामा, बैनीहरू, हरेक नारीहरू सुरक्षित छन कि छैनन भनेर साेंच्नु पर्ने बेला अायाे । ७, ९ महिनाका बालबालिका पनि बाँकि राखेनन नरपिचाशले । यी मानव हाेइनन् मानवरूपी दानव हुन । अब यि दानवकाे मुकुन्डाे उतार्न नारि जगत नै उठ्नु पर्ने देखिएकाे छ । अब घरकाे सुरक्षा देखि घरकाे कामकाज सम्म नै महिलाले चलाउनु पर्ने अवस्था देखिएकाे छ अब नारी जाग्नु पर्ने अवस्था अाएकाे छ । हिजाे बलत्कार हुन्थ्याे दविन्थ्याे तर अाज बलत्कार मात्र हाेइन घाँटी थिचेर हत्या समेत गर्न लागेका छन् लाग्छ कुन दिन मानिस नै खाइदिने हुन र खाेज्न, भेटाउनकाे सास्ती ।

याे त अति भाे । जव मति विग्रन्छ अनि अति हुन्छ भन्थे हाे रहेछ याे अवस्थाले यहि देखाउँछ । अब अामा दिदि बहिनिले अाफ्ना छाेरीहरूकाे सुरक्षाकाे लागि अाफै कम्मर कस्नु पर्ने बेला अाएकाे छ । दुर्गा, चण्डी र कालीकाे रूप धारण गर्नु पर्ने बेला अाएकाे छ । फाँसि, यातनाले मात्र पुग्दैन अब सबै नारी सचेत र जागृत हुनु अावश्यक भएकाे छ । सकभर अाफ्ना छाेरीहरूकाे अाफ्नाे रक्षा अाफै संगठित भएर गराैं । अब नारी जागाैं । देश भर नारी जागरण अभियान चलाउनु अावश्यक देखिएकाे छ । अब अाफ्ना बच्चा अाजै देखि एक्लाे नछाेडाैं चाहे सानाे हाेस चाहे ठूलाे र कहिं कतै गयाे भने छाेरीहरूलाइ साथमा राखाैं छाेरी एक्लाे नहाेस् । अब छाेरीहरूलाइ जुडाे र कराते सिकाउनु पर्छ छाेरीलाइ सक्षम बनाउनु पर्छ । छाेरीलाइ समाज बारे सिकाउनु पर्छ बच्चै देखि छाेरी जागृत हुनु पर्छ ।

पहिलाे त अब बलत्कार हुन दिन्नम भनेर संगठित भइ लाग्नु पर्याे यदि घटना भयाे भने व्यक्तिकाे पहिचान हुनासाथ पहिलाे काम नपुंसक बनाइ प्रहरीलाइ बुझाउने र राज्यले लिंग छेदन गरेर पाँच किलाेकाे घन्टा झुन्डाउने, कपडा लगाउने अधिकार खाेसिदिने, कारागारमा दैनिक ५० काेर्रा लगाउने उक्त घाउमा नुन, चुक र खुर्सानी दल्नु पर्ने यस्ताे कानूनकाे मांग गराैं । किन भने बलत्कृतले परिवार र समाजबाट तिरस्कृत, वहिष्कृत, अपहेलित जिवन जिउनु पर्ने, मानसिक र शारिरिक यातना सहन गर्नु पर्ने, चरित्रहिनकाे विल्ला भिर्नु पर्ने
हुन्छ । तर बलत्कारीलाइ तीन मिनटकाे फाँसिकाे चाहना कदापि नगराैं । बलत्कृतलाइ समाजले हेर्ने दृष्टिकाेण निकै तुच्छ छ । घरमा घरकाे अन्य सदस्यलाइ केहि दिन मात्र हाे पिडा हुने तर जाे बलत्कारकाे शिकार भएकाे छ त्यसले भित्र भित्र पिडाकाे अाँसु पिइ रहेकाे हुन्छ । कहिले विर्सन सक्दैन । समाजले समेत स्विकार गर्दैन । कसैले सम्मान गर्दैन । अाफुले जानि जानि गरेकाे पाप जस्ताे घृणाकाे पात्र भइन्छ तर बलत्कारी भने फाँसिमा चढ्याे सकियाे । के उसले यातना भाेग्न नपर्ने ? उसलाइ यति सहज मृत्यु कदापि हुनु हुन्न ।

अझ त्यति मात्र कहाँ हाे र ? उच्च अहाेदाका नेता कर्मचारी वा तिनका छाेराहरू परे भने कुनै निर्दाेषलाइ फँसाएर फाँसिमा चढाए भने त्यसकाे भागिदार काे हुने ? अाफ्नाे सन्तान त पिडित भएर गयाे अरूकाे सन्तान निर्दाेष भएर गयाे भने अझ बढि पिडा भएन ? अनि त्यति मात्र कहाँ हाे र अाज ५० हजारमा बलत्कारी धराैटीमा छुट्छन भाेलि बलत्कारी फाँसिबाट बच्न लाखाैं कराेडाैं तिरेर फुत्किन्छन जसका ठाउँमा निर्दाेष फसाइन सक्छन् । कुनै पनि हालतमा नेपालमा बलत्कारीलाइ तीन मिनेटमा सास जाने फाँसिकाे सजाय दिनु हुँदैन । हामी जिउँदा छाैं कस्ताे कठाेर जिन्दगी बितायाै याे मैले राम्राे संग बुझेकि छु । किन भने मैले पर्दाफास गरे लुकाएर राखेका केस अझै नेपालमै गाउँ घरमै पहाड हिमाल तराइ दुर्गममै ९९ प्रतिशत छन् । बाेल्नु हुँदैन, बाेल्याे भने विहे हुँदैन र समाजले स्विकार गर्दैन भन्छन् त्यहि वाउ, वा, अामा, दिदि, बहिनि शुरूमा अाहा अाेहाे भने पनि पिडाकाे बेला या कुनै गल्ति गरियाे भने बाेल्ने शब्द तिनै हुन्छन् लान्छना तिनै हुन्छन । जसले अाफ्नाले पनि बेलाबेलामा काेट्याइदिने घाउकाे पिडा पनि त्यहि नै हुन्छ । ति निर्दाेष बलत्कृत बालिकामाथि हर काेहि जाइ लाग्छन थाहा पाएसम्म समाज कति क्रुर बनिदिन्छ हर समस्या हर पिडा हर घाउ नारीले मात्र सहनु पर्छ । शारिरिक र मानिसिक रूपले निकै नै बिचतलित बनाइदिन्छन् त्यसकाे पिडाका अगाडि बलात्कारीलाइ फाँसि के हाे र ? सामान्य माैत, मृत्यु । उसले कुनै यातना नभाेग्ने ? उसलाइ शारिरिक र मानसिक यातना नहुने ? त्यसैले एक कुरा के बुझिराखाैं भने बलत्कारीलाइ मारेर बलत्कार मर्दैन, गरिवलाइ मारेर गरिवि मर्दैन । बरू चेतना जगाउने अब अाफ्नाे बालिकाकाे रक्षाका लागि अब नारी सचेत हुनु अावश्यक छ नारी जागरण अभियान चलाउनु अाजकाे अावश्यकता देखिएकाे छ । घरका पुरूष बाहिर निस्कन्छन सबै भन्दा बढि समय अामाले दिन्छन् बालबच्चालाइ त्यसैले अामा मात्र हाेइन अब प्रत्येक नारी सजग हुन अावश्यक छ नारीले सचेतनाकाे माध्यमबाट जागरण ल्याउन जरूरी छ । जाे बलत्कृत भएर बाँचेकाे छ उसलाइ समाजमा सम्मान साथ बाच्ने अधिकार हुनपर्छ । जसले बलत्कृत नारी माथि अाैंला देखाउँछ उ पनि सजायँकाे भागिदार बन्नु पर्छ । बलत्कृत नारीले पनि याे समाज र याे संसारमा सम्मानजनक रूपले बाँच्न पाउनु पर्छ । यावत विषयकाे लागि सर्वप्रथम नारी जागृत हुन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *