Wednesday, November 14News That Matters

काठमाडौंमा फोटोपत्रकारहरुको भेला सम्पन्न


काठमाण्डौं,१७ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे) मा आवद्ध तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको यसै साता भेला भएको छ ।

कमलादिमा आयोजित भेलामा काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा फोटोपत्रकाहरु एक जुट भएका हुन ।

विगत २१ वर्ष देखि स्थापना भइ आएको राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौलाई अझै सक्रिय रुपमा अगाडी वढाउनको लागि रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा भेटघाट तथा छलफल सम्पन्न गरेको हो ।

उक्त भेलाले हाल काठमाडौंमा रहेको (एनएफपीजे) को ११ औं वार्षिकउत्सव तत्काल गर्न दवाव दिने र नयाँ साधारण सदस्यको लागी फोटोपत्रकारहरुलाई सदस्यता दिने साथै राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे)लाई सक्रियरुपमा फोटोपत्रकारहरुको नेतृत्वमा सबै खाले हकहितको लागि अझै एक ढिक्का भएर अगाडी वढ्ने र संस्थालाई चलायमान वनाउने निस्कर्षमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *