Wednesday, November 14News That Matters

देव गुरुङ माआवादीको प्रमुख सचेतक


काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रतिनिधि सभाको प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेका बैठकले सभामुखका दाबेदार रहेका गुरुङलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

सोही बैठकले कृष्णबहादुर महरालाई सभामुख बनाउने निर्णय गरेको छ । गुरुङ २०६४ सालको पुष्पकमल दाहालको सरकारमा कानुनमन्त्री भएका थिए । पछि बैद्य समुहमा लागेका गुरुङ गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँगै माओवादी केन्द्रमा फर्किएका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *