Wednesday, November 14News That Matters

कृष्णबहादुर महरा सभामुख बन्ने पक्का, माओवादीले ग-यो निर्णय


काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वामगठबन्धनको प्रतिनिधि सभामा बहुमत रहेकाले महरा सभामुख बन्ने पक्का भएको छ । प्रतिनिधि सभाको २७५ मा एमालेको १२१ र माओवादीको ५३ गरी वाम गठनबन्धनको १७४ सिट छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेका छैन ।

शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयले निकालेको कार्यतालिका अनुसार दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने शनिबार १ बजे मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *