Wednesday, November 14News That Matters

म प्रधानमन्त्रीका रुपमा होइन प्रधान तिर्थयात्रीका रुपमा नेपाल आएको छु – मोदी


जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण भारतको प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा रहेको स्पष्ट पारेका छन् । जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।

जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै क्षमा मागे । माता सिताले आजै दिन आउन भनेकोले वहाँको दर्शन गर्ने दिन जुरेको पनि बताए ।

लगतै उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मैथिलीमा सम्बोधन गरेका छन् । उनले मैथली भाषामा सम्बोधन गर्न थालेपछि उपस्थितले तालि बजाएका थिए । सो अवसर म प्रदेश, नगर र उधोग ब्यावसायीका तर्फ बाट १२१ किलो को माला चढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *