Wednesday, November 14News That Matters

लागूऔषध सहित पक्राउ


स्याङजा, २७ बैशाख । तनहुँ ब्यास नगरपालिका-१३ छाप्दिबाराही बस्ने २२ वर्षीय सवित थापालाई लागूऔषध नोफ्रिम १४ पिस, फेनारगन १४ पिस, सेरिजेट १५ पिस र सिरिन्ज १ थान सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

गल्याङ नगरपालिका-३ स्थित चाँदनी होटलको शौचालयमा सिरिन्ज हानिरहेको अवस्थामा प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले फेलापारी उनी सवार लु.१ ख. ८७८८ नम्बरको बुटवलबाट बाग्लुङ जाने बसको सिटमा समेत जाँच गर्दा उनको झोलाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *