Tuesday, December 11News That Matters

१५ बर्ष पछी करिश्मा काठमाण्डौंमा यसरी झुल्कीइन फोटो फिचर


काठमाडौं, २४ वैशाख । भारतीय नायिका करिश्मा कपुर सोमवार नेपाल आएकी छन् । उनी केही घन्टाका लागि काठमाडौं आइपुगेकी थिइन् । करिब ९ बजे नेपाल आइपुगेकी उनले केही घण्टा काठमाडौंको दरबारमार्गमा बिताएकी छन् । उनलाई दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटनका लागि निम्त्याइएको थियो ।

करिश्माले ज्वेलर्सको उद्घाटन गर्दै आफुलाई सगरमाथाको देश नेपाल अति मन पर्ने बताइन् । उनले आफ्नो नेपाल आगमन दोस्रो पटक भएको बताइन् । करिष्मा १५ वर्ष अघि पहिलो पटक नेपाल आएकी थिइन् । उनले आफुले उद्घाटन गरेको ज्वेलर्स र आफुमा समानता भएको प्रतिकृया दिइन् ।

मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जेनेरेशनको नायिका भएको बताइन् । ज्वेलर्सको उद्घाटन पछि शाखाको भ्रमण गरेकी करिश्मालाई निकै धेरै मिडियाका क्यामेराले पच्छ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’करिश्माले नेपाल आफूलाई निकै मनपर्ने भन्दै भनिन्–‘आई लभ नेपाल । उनले आफु नेपाल आउन पाउँदा निकै खुसी लागेको समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *