Tuesday, October 16News That Matters

प्राचीन मूर्ति तथा धातु जन्य सामानहरूको अवैध बिक्री बितरण गर्ने पक्राउ


काठमाडौं, २३ बैशाख । काठमाडौंका विभिन्न क्युरियो पसलहरूबाट पुरातात्विक महत्वका विभिन्न धातुहरूबाट बनेका मूर्ती लगायतका बहुमूल्य चिज बस्तुहरू बिदेशीहरूलाई बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा क्यूरियो आर्ट दरवारमार्गका सञ्चालक ललितपुर खाछें घर भई काठमाडौं बखुँन्डोल बस्ने ५६ वर्षीय दिपक रत्न शाक्य, क्यूरियो कर्सर्न दरवारमार्गका सञ्चालक नक्साल गैरिधारा बस्ने २९ वर्षीय सुगत रत्न शाक्य र देवाज आर्ट दरवारमार्गका सञ्चालक दरवारमार्ग घर भई ललितपुर चाखुपट बस्ने ३१ वर्षीय शिशिर शाक्य रहेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं महानगरपालिक-१ दरवारमार्ग स्थित क्यूरियो आर्टमा पुरातात्विक महत्वका बहुमूल्य धातुको मूर्ती लगायतका चिज बस्तुहरूलाई १२औँ, १३औँ शताब्दी (८००/९०० वर्ष पुरानो) हो भन्दै करोडौ मूल्यमा बिक्री बितरण गर्न लाग्दा दिपक रत्न शाक्यलाई १३ वटा मूर्ती तथा चिज बस्तुहरू सहित तथा सुगत रत्न शाक्य र शिशिर शाक्यलाई समेत बहुमूल्य धातुको मूर्ती लगायतका चिज बस्तु सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट विभिन्न बुद्ध र अन्य मूर्ती २४ थान, विभीन्न धातुबाट बनेका प्रतिमा लगायतका पाता १८ थान, पुरानाबिचमा प्वाल भएका सिक्का १ सय १ थान बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (समाचार श्रोत : प्रहरी प्रधान कार्यालयको फेसबुक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *