Wednesday, November 14News That Matters

भक्का खान ३ घण्टा लाइन


काठमाण्डौं २३ बैशाख । मानिस चाहे संसारको जुनसुकै ठाउंमा पुगोस् । तर उसलाई आफ्नो ठाउंको स्वादले भने तानेकै हुन्छ । विदेशी परिकारको स्वाद जति खाए पनि आफ्नो ठाउंको रैथाने खानाले सबैलाई मोहित बनाउँछ ।

बिरानो ठाउंमा बसेको बेलामा रैथाने खानाको स्वाद लिन पाउँदा कम्ति खुसी लाग्दैन । त्यस्तै रैथाने स्वाद लिनेहरुको पुरानो बानेश्वर चोकमा निकै ठूलो भिड देखिन थालेको छ । पुरानो बानेश्वर चोक देखि मैतिदेवी मोडिने तर्फ एउटा सानो कोठामा पुर्वेली परिकारको स्वाद लिनेहरुको अहिले लामै लाइन छ । बस्ने ठाउँ नपाएर उभिएरै, अनि घण्टौं कुरेर बस्छन् काठमाडौंबासी । पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस ।

काठमाडौंमा मम, बर्गर, पिज्जाको स्वादले आजित बनेकाहरुका लागि भक्का नयाँ श्वाद बन्न सकेको छ । त्यसैले त पुरानो बानेश्वरको भक्का हाउस खचाखच ग्राहकले भरिएको हुन्छ । लाइट नेपालको टोली भक्का हाउस पुग्दा संचालकलाई केही बेर बोल्ने समेत फुर्सद थिएन । हामीले उनीसंग भक्का पकाउने स्थानमा उभिएरै कुरा गर्यौं । काठमाडौंमा पुर्वेली परिकार भक्का खानेको यस्तो लर्को होला भनेर संचालक दिवस काफ्लेले सोचेका पनि थिएनन् । दुई साथीले साझेदारीमा संचालन गरेका भक्का पसलको सुरुवात कसरी भयो । हेर्नुहोस् भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *