Tuesday, December 11News That Matters

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई


काठमाडौं, २ वैशाख । क्यानडामा रहेका नेपालीहरुको संगठन नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई निर्विरोध निर्वाचित भएका छन । दुई साता अघि भएको अधिवेशनवाट राई पुन निर्वाचित भएका हुन् । संगठनको चौधौ अधिवेशनले राइलाई आगामी २ बर्षका लागि दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले सचिवमा श्रीकान्त अर्याल, सहसचिवमा राजेश शर्मा, कार्यक्रम संयोजकमा नारायण भण्डारीलाई निर्वाचित गरेको छ । महाधिवेशनले कोषाध्यक्षमा घनेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ भने मिडिया संयोजकमा दिपेन्द्र भण्डारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बुद्धि अधिकारी, नारायण तिवारी, जगत खड्का र सुवर्ण विक्रम मल्ल निर्विरोध निर्वाचित भएका छन ।

संस्थाको आगामी कार्यकालका लागि भएको उपाध्यक्ष पदको निर्वाचनमा समिर पाण्डे विजयी भएका छन । अधिवेशनमा महिलाहरु निर्वाचित नभएको भन्दै संगठनका केही महिलाहरुले गुनासो गरेका थिए । उनीहरुले संगठनलाई समावेशी बनाउन माग गरेका छ ।
अधिवेशन उद्घाटन समारोहमा बोल्दै पुर्व अध्यक्ष कल्पना पण्डितले नयाँ कार्य समितीमा महिलालाई नसमेटिएको भन्दै गुनासो गरेकी हुन् । उनले प्रवासी नेपाली महिलाहरु हरेक क्षेत्रमा नेतृत्व गर्न सक्षम रहेको बताउँदै महिलाको क्षमताको मुल्याकंन गर्न आग्रह गरिन् ।
कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष माधव दुलाल, एनसिएससीका उपाध्यक्ष कमल भट्टराई, नविन आचार्य, युवराज पौडेल, शरदा जैसवाल, कुशुम ज्ञवाली लगायतले विधान संशोधनका विषयमा सुझाव दिएका थिए ।

सचिव दिनेश अधिकारीले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष पुजा भुषालले आर्थिक प्रतिवबेदन, एनसिएससी रिसोर्स सेन्टरका विशाल ढुङ्गेल, राम मरहठ्ठा,राजेन्द्र गौतमले सामुहिक रुपमा रिसोर्स सेन्टर प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्यानेडामा रहेका नेपालीहरुलाई परेको समस्यामा सहयोग गर्ने उद्येश्यले संगठन निर्माण गरिएको पदाधिकारीहरुले बताएका छन् । झण्डै एक दशक देखि सकृय रहेको यो संगठनले नेपालीलाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताए । विदेशमा बस्ने नेपालीहरुले नेपाली चाडपर्व लगायतका विभिन्न अवसरमा एक आपसमा भेटघाट गर्ने, संस्कृति संरक्षण गर्ने लगायतका काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *