Wednesday, November 14News That Matters

यसकारण बन्द हुँदैछ मुङ्लिन नारायणगढ सडक खन्ड


काठमाडौं, २ बैशाख । मुग्लिन नारायणगढ सडकखण्ड आइतबारदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन नारायणगढ सडक विस्तार कार्यले गर्दा बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता समेत रहेका इन्जिनियर शिव खनालका अनुसार हिजो नयाँ वर्षको लागि भन्दै खुल्ला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लागेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।

तोकिएको समयमा विस्तार सम्पन्न गर्नेगरी काम भैरहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *