Wednesday, November 14News That Matters

नयाँ बर्षमा ‘नेपाली समाज टेक्सस’ले अमेरिकामा गर्ने भयो नेपालीहरुको कुम्भ मेला ।


टेक्सस, २७ चैत्र । अमेरीकाको टेक्ससमा रहेका नेपालीहरुको संस्था ‘नेप्लिज सोसाइटी अफ टेक्सस’ले नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

२००० हजार क्षमता भएको लोन स्टार पार्क मा गर्न लागिएको भब्य मेलामा नेपालका चर्चित कलाकारहरुको सहभागीता रहने सो संस्थाका महासचिव भक्त बहादुर भन्डारी ले बताए । उक्त कार्यक्रममा भाग लिन लोक दोहरीका चर्चित कलाकार बिमल डांगी, संगीता थापा मगर, डि.जे प्रसान्त, डि.जे मो मो, डि.जे सुसान्त ,डी.जे विश्व का साथै फिरोज स्याङदेन द ब्यान्ड र सञ्जय बैध्य को पनि प्रस्तुती रहने महासचिव भण्डारीले बताए । उक्त मेलामा बच्चाहरुको लागि बिशेष कार्यक्रम नेपाली खानाका स्टलहरु, बिभिन्न सामाग्रीका बुथहरु साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि बताए ।

नेपाली समाज टेक्ससले स्थापना भएदेखी पहिलो पल्ट यती ठुलो कार्यक्रमको आयोजना गर्न लागेको महासचिव भक्त बहादुर भण्डारीले हामीलाई जानकारी गराए ।

२०१८ जनवरी १४मा नयाँ कार्यसमिती निर्वाचित भएपछी बिभिन्न कार्यक्रम गर्दै आएको छ । होली कार्यक्रम २०१८,नेपाली बिद्यालय सुचारु, नेपालमा बिमान दुर्घटनामा परेकाहरुको श्रद्धान्जली दिदै दिप प्रज्वोलन, NST स्वास्थ्य क्यम्प र ब्रेस्ट क्यान्सर जनचेतना तालिम ,एफ १ स्टुडेन्ट सेमिनार, फ्री ईंग्लिश ल्याङ्वेज क्लासका साथै अन्य जनचेतना मुलक कार्यक्रम गर्दै आएको र यस पटकको भेला बृहत रहने पनि महासचिव भण्डारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *