Tuesday, October 16News That Matters

तरकारी खेतीमा दाम संगै काम र नाम पनि 


दिपक खड्का,चन्द्रौटा चैत्र २७ । कपिलवस्तु जिल्लाको विजयनगरगाँपालिका वडा न.५ डालपुर बस्दै आएका जगरनाथ पाल तरकारी खेती तिर आकर्षित भएका छन । उनले ९ कट्ठामा तरकारी खेती गरि ७ जनाको परिवार पाल्दै आएका छन । हाल ४२ वर्ष पुगेका पाल १० वार्षको उमेर देखि खेती गदै आएको समझना सुनाए ज्ञानको अभावमा परमपरागत खेती गर्दे आएको र गरिबीको कारण पढन न सकेनी आफना छोरा,छोरीलाई नजिके रहेको शिव मा.वि. डालपुरमा अध्यन गर्ने गरेको जानकारी दिए ।

रुपन्देहिको खुरदावानगर गा.वि.स. वडा न ९ लकडीगढवा गाँउ वाट ४ वर्ष पहिला बसाई सराई गरि आएका उनको परिवार अहिले डालपुरमा तरकारी खेतिमा रमाउना थालेका छन । विजयनगर गाँउपालिकाको डालपुर गाँउका बासिदाहरु धान,गेहु खेतिमा निर्भर रहने कामको खोजीमा ज्याला मजदुरी गर्ने र आफनो खेत बाझौ राखि मजदुरी गर्ने गरेको स्थानिय वासिदा शंकर बि.क.ले बताउनु भयो । हाल डालपुर गाँउका लागि नमुना बनेका पाल परिवारको तरकारी खेति प्रति त्यहाका टोल बासि आकर्षित हुन थालेका छन ।

आफुमा लगनशिलता हुने हो भने बाझौ रहेको खेतमा तरकारी फलाउना सफल भएको देखि छिमेकीहरु उनको सिखो गर्न थालेका छन । उनले उत्पादन गरेको तरकारी कपिलवस्तुको हाट बजार चन्द्रौटा, शिवपुर,गोरसिङ्गे मुर्गिया, इमलियाँ, बहादुगंज ,कृष्णनगर र जितपुर चार नम्बर सम्म गई तरकारी बेच्ने गरको उनले बताए । बैमोसमि तरकारी खेति बारे तालिम पाएका उनले आफनो खेतमा  बोडी, फर्सी, टमाटर, सुर्सानी लाएको उनको खेतमा देखना सकिन्छ ।

तरकारी बिक्रीबाट वार्षिक ३ देखि ४ लाखको आम्दानी गर्ने गरेको उनले बताए । डालपुर गाँउमा उनी संगै १५ घरपरिवार बसाई सराई गरि आएका छन । कालिका स्वालम्वन सामाजिक संस्थाले डालपरुमा वि.स.२०७३ सालमा नौलो तरकारी उत्पादन समुह गठन गरे पछि उनी समुहमा आबद्घ भई आधुनिक तरकारी खेति, संगै विभिन्न तालिम समेत लिएको उनले बताए । संस्स्थाले सामुहिक बोरिङ्ग पानी सिचाईका लागि हजारी,बिउ–बिजन,विर्षदि तथा स्प्रे टंकी समुहका प्रत्येक सदस्यलाई उपल्बध गराए पनि विजयनगर गाँउपालिकाको कृषि शाखामा धाएपनि आफुलाई बेवास्ता गरेको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *