Tuesday, December 11News That Matters

हिरासतभित्रै अनसनरत रेशम चौधरीको पिसाबमा खुन निस्किन लग्यो, चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन निर्देशन


धनगढी — टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो। ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ।’

 

यो खबरसंगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई ठाडो निर्देशन दिएका छन्। शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो।

२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। टीकापुर घटनापछि उनी भारत बस्दै आएका थिए।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *