Tuesday, December 11News That Matters

योङ ब्वाइज माथि संघर्षपूर्ण जित निकाल्दैं म्यानचेष्टर युनाइटेड पनि अन्तिम १६ मा


काठमाडौं, १२ मंसिर । (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा मरौउने फेलियानीले इन्जरी समयमा गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि संघर्षपूर्ण जित निकालेको हो । फेलियानीले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । बलमा पकड जमाएपनि युनाइटेडले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । योङ ब्वाइजले पनि केही मौकाहरु खेर फालेको थियो ।

महत्वपूर्ण जितसँगै युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । युनाइटेड समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । यो समूहबाट युभेन्टस समूह विजेताको रुपमा प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

viagra patent.

Leave a Reply

Your email address will not be published. Required fields are marked *