Tuesday, December 11News That Matters

‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने


काठमाडौं, १२ मंसिर । भारतको चर्चित रियालिटि शो ‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने भएको छ । सोनी टिभीबाट प्रशारण हुँदै आएको ‘द कपिल शर्मा शो’ डिसेम्बरको अन्तबाट प्रशारण हुनेछ । कपिल शार्मा र सुनिल ग्रोवरबीचको विवादका कारण शो बन्द भएको थियो ।
अब भने पुनः यो शो सोनी टिभीबाट प्रशारण हुनेछ । जहाँ बलिउड सेलिबे्रटीको साथमा कपिल शर्माको कमेडि पञ्च देख्न सकिनेछ । शोमा किकु शारदा, चन्दन प्रभाकर, सुमोना चक्रवती लगायतका कमेडियनहरु देखिनेछन् ।

यसअघि शोबाट बाहिरिएका अलि सागर, सुगन्धा मिश्रा र सुनिल ग्रोवरलाई भने शोमा देख्न पाइनेछैन् । सोनी टिभीले द कपिल शर्मा शोको टिजर पनि सार्वजनिक गरेको छ ।

india drugs without scripts overnight.

Leave a Reply

Your email address will not be published. Required fields are marked *