Tuesday, December 11News That Matters

‘यो सरकार जुम्रा मार्न बनेको होइन ,देश विकास गर्न बनेको हो ’- प्रम ओली


काठमाडौं, १२ मंसिर । सरकारले काम नगरेको भनेर आलोचना भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको प्रतिकार गरेका छन् । उनले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । उनले सरकार जुम्रा मारेर बस्न नबनेको भन्दै देश विकासका लागि आफु ब्यस्त रहेको बताए । उनले भने कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन्, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’

albuterol inhaler no prescription.

मंगलवार काठमाडौंमा आयोजना गरिएको सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार कहाँ छ भनेर मजदुरलाई सोध्न आग्रह गरेका छन् ।

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । उनले काठमाण्डौंका सडक बढारिने, धोइने काम गरिने भएकाले सरकारको काम प्रत्यक्ष देख्न सकिने बताए । उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले सरकारले काम गरेन भनेर आलोचना गर्नेहरुलाई देखाउन घोषणा कार्यक्रम तामझामका साथ गरेको बताए । तामझाम गरेको भनेर आलोचना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले अबका कार्यक्रममा बाजा समेत बजाइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *