Tuesday, December 11News That Matters

सरकारले गर्‍यो सामाजिक सुरक्षा कार्यक्रम घोषणा


काठमाडौं, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा दिवसको अवसरमा मजदूरको सामाजिक सुरक्षा सम्बन्धि विशेष व्यवस्थाको घोषणा गर्न लागेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोह आयोजना गरेर मन्त्री विष्टले कार्यक्रमको घोषणा गर्न लागेका हुन् ।

buy propecia 1mg online.

सोही घोषणा संगै अबदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने कार्यक्रम समेत तय भएको छ। सरकारको यो कार्यक्रम घोषणासँगै अब सबै क्षेत्रका श्रमिकले योगदान र सहभागिताका आधारमा निवृत्तिभरण पाउने ब्यवस्था लागू हुने छ । सरकारले यस कार्यक्रममा समावेश हुनका लागि तीन महिनाको अवधि दिएर सातै प्रदेशमा रहेका रोजदातालाई सूचीकृत हुन आह्वान गरिसकेको छ।

औद्योगिक, प्रतिष्ठानमा कामदार गर्ने मजदुरले सामाजिक सुरक्षा कोषमा अब आधारभुत पारिश्रमिकको ११ प्रतिशत योगदान गर्नुपर्ने बाध्यात्मक नियम छ । जसमा रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने छ। उक्त योजनामा श्रमिक र रोजगारदाताको गरी हरेक महिना कोषमा ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा हुने छ।

कोषमा योगदान गर्ने श्रमिकले सामाजिक सुरक्षा कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्वावस्था सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *