Tuesday, December 11News That Matters

१२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रशुति गराउन प्रधानमन्त्री ओलीले काठमाडौं झिकाए


काठमाडौं, ५ मंसिर । हेटौंडामा एक १२ वर्षीया बालिका गर्भवती भएकी छन् । उनले गत वर्ष भागेर प्रेम विवाह गरेकी थिइन् । सानै उमेरमा आमा बन्न लागेकी उनको स्वास्थ्य जटिल अवस्थामा पुगेको छ । उनी चेपाङ बालिका हुन् । उनको अवस्था जटिल भएका कारण प्रधानमन्त्रीले उनको स्वास्थ्य प्रति चासो देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ति बालिकालाई सुरक्षित प्रशुतिको लागि काठमाडौं बोलाएका छन् ।

viagra quanto si prende prima .

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई काठमाडौं ल्याइएको छ । उनको सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं ल्याइएको हो । सोमवार हेटौंडा अस्पतालमा भर्ना गरिएकी उनलाई प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मंगलवार काठमाडौं ल्याइएको हो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं ल्याइएको हो ।

‘चेपाङलाई अहिले काठमाडौंस्थित प्रसुतिगृहमा राखिएको छ । ति बालिकाको सबै उपचार खर्च समेत सरकारले बेहोर्ने भएको छ । हेटौंडा अस्पतालले ३३ हप्ताको गर्भवती चेपाङको पाठेघर तल खसेको जनाएको छ । उनलाई चिकित्सकको निगरानीमा प्रसुति गराउनुपर्ने अवस्था छ । चार कक्षमा अध्ययन गरिरहँदा उनले गत वर्ष भागेर बिवाह गरेकी थिइन् । उनका श्रीमान् रञ्जित चेपाङले छाडे पछि उनी आमासंग बस्दै आएकी छन् । आमा राममायाले उनको हेरचाह गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *