Tuesday, December 11News That Matters

काबुलमा आत्मघाती हमला ४० को मृत्‍यु


काबुल,४ मङ्सीर । अफगानिस्तानको राजाधानी काबुलमा आत्मघाती आक्रमण हुँदा ४० जनाको ज्यान गएको छ । पैगंबर मोहम्मदको जन्म दिनमा आयोजित सो कार्यक्रममा धर्मगुरुहरुलाई लक्ष्य गरी उक्त आक्रमण भएको श्रोत ले जनाएको छ ।

effexor xr on line.

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए । विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ।अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन् । अफगानिस्तानमा तालेबान तथा इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *